© २०२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र हुन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बिम्स्टेक शिखर सम्मेलन आगामी भदौ १९ र २० गते आयोजना हुँदै छ । त्यसका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको थियो । नेपाल भने सन् २००४ मा बिम्स्टेकको सदस्य भएको थियो । सरकार प्रमुखको रुपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउने भएका छन । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हो ।