© २०२३
१७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक सिंहदरबार अगाडिको होटेल बसेरामा बसिरहेको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक आयोजना गरिएको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनले स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने उल्लेख गरेका छन् ।