© २०२३
१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएनन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति मा.रामहरि खतिवडाले प्रधानमन्त्रीलाई समितिमा उपस्थित हुन भन्दै पत्र पठाएको भएपनि ओली उपस्थित भएनन् । सभापति खतिवडाले बैठकको अन्तिममा प्रधानमन्त्रीको पत्र प्राप्त भएको जानकारी गराएका थिए । गृहमन्त्री रमेश लेखक पनि प्रधानमन्त्री ओलीको कार्यव्यस्तता र विषय ज्यादा गृह मन्त्रालयसँग सम्बन्धित रहेकाले मलाई पठाउनु भयो भन्दै समितिको बैठकमै उक्त कुरा भनेका थिए ।