© २०२३
१६ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न आग्रह गरेका छन् । सिंहदरवारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्थहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
उक्त बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए । जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रुपमा लिन आग्रह गरे । ‘कर्मचारी सरुवा हुन्छ, सरुवालाई सुरुवाकै रुपमा बुझ्दा सहज हुन्छ’ गृहमन्त्री लेखकले ‘भर्खर सचिवको सरुवा भएको छ । न्यायाधीशको सरुवा भएको छ ।’ त्यसैले कर्मचारीको सरुवा हुनु नियमित प्रकृया भएको बताएका छन ।