© २०२३
१६ साउन, काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशकालाी नयाँ राजदूत सिफारिस गरेको छ । राजदूत सिफारिस हुन्ेहरुमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार नै राजदूत सिफसि भएका छन । सोमबार मन्त्रिपरिषदको बैठकले सिफारिस गरेका राजदूतहरुमा डा.शंकरप्रसाद शर्मा – भारत कान्ता रिजाल –अष्ट्रेलिया नरेशबिक्रम ढकाल –साउदी अरेबिया प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका धनप्रसाद पण्डित – इजरायल रामकृष्ण भट्टराई – श्रीलंका सनिल नेपाल – स्पेन डा. शैल रुपाखेती – जर्मनी लोकदर्शन रेग्मी – अमेरिका चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया जंगबहादुर चौहान – रुस रमेशचन्द्र पौडेल – कतार प्रा. डा.कृष्णप्रसाद ओली – चीन सुम्निमा तुलाधर – डेनमार्क नेत्रप्रसाद तिमल्सिना – मलेसिया प्रकाशमणि पोखरेल – पोर्चुगलरीता धिताल – पाकिस्तान लागि सिफारिस भएका छन भने सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको पनि जानकारी छ ।