© २०२३
१६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेपछि सुरुभएको बैठक अहिले पनि जारी छ । समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गर्ने गरी केन्द्रीय कमिटीको बैठक बसेको एकीकृत समाजवादी पार्टीका एक नेताले प। बैठमान विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने एक नेताले बताए । हाल विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार तयारी रहेको छ । पब्लिक सवाललाई जानकारी दिएका छन । उनले पब्लिक सवाललाई भने आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्य टुंग्याउन पार्टी नेतुत्वलाई सकस भएको हुदा सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र सक्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्ने र कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायतका विषयमा छलफल हुने भएको जनाइएको छ ।
एसले महाधिवेशन बाट २ जना पदाधिकारी र ९३ जना केन्द्रीय सदस्य भने चयन गरिसकेको छ ।