© २०२३
१५ साउन,काठमाडौ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले हिजो सरकारले गरेको राजदूत नियुक्तिको सिफारिसमा दलीत समूदायको प्रतिनिधित्व नभएकाे प्रति आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सहमहामन्त्री परियारले संविधानको व्यवस्था अनुसार समावेशी सिद्धान्त अवलम्बन नभएको बताउदै उनले नेपाल सरकारले मन्त्रिपरिषदबाट हिजो गरेको निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षिक हुन्छ कि हुँदैन सरकारसँग प्रश्न गर्न चाहन्छु।’ उनले भने-संविधानको धारा २८२ मा राजदूत र विशेष प्रतिनिधिबारे व्यवस्था छ। उपधारा १ मा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्नेछ भन्ने लेखिएको छ। भन्दै सहमहामन्त्री परियारले संविधानकाे धारा समेत उल्लेख गर्दै संसद्को ध्यानाकर्षण गराएका छन ।