© २०२३
                                    १४ साउन, काठमाडौँ । नेपाल सरकार मन्त्री परिषद्को बैठकले २२ जना सचिवको सरुवा गरेको छ । आज सिंहदरबार स्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले २२ जना सचिवको सरुवा गरेकाे हाे । पब्लिक सवाललाई प्राप्त जानकारी अनुसार विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको विभिन्न ठाउँमा सरुवा गरेको छ ।
जस्तैः अर्थ सचिवमा राजश्व सचिव डा. राम प्रसाद घिमिरे आएका छन् भने त्यहाँका सचिव मधु कुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय जाने भएका छन् । त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव(वाणिज्य) दिनेश घिमिरे आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् भने उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदी पुगेका छन् । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा पुगेका  छन् । रक्षा मन्त्रालयका सचिव किरण राज शर्मा वित्त आयोगमा हुने भएका  छन्  । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद दुवाडीको राष्ट्रपतिको कार्यालयमा पुगेका छन भने राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा लोक सेवा आयोगमा सरूवा भएका  छन् । आयोगका राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको बुझिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सदाबहार सचिव केशव शर्मा दुवाडी केही समय अघि मात्रै जल तथा ऊर्जा आयोगको सचिवालयमा पुगेका थिए । 
राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साह नेपाल ट्रष्ट नेपाल ट्रष्टका सचिव प्रमीला देवी बज्राचार्य खानेपानी मन्त्रालय खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य जल तथा ऊर्जा आयोग वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय(वाणिज्य) सचिवमा  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका छन् । तथ्याङ्कका प्रमुख  अधिकारी अर्जुनप्रसाद पोखरेल भूमि संगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालय उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सर्जु कुमार वैद्यको पनि सरुवा भएको कुरा पब्लिक सवाललाई जानकारी भएकाे छ ।