© २०२३
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले कांग्रेस र एमाले मिलेर गणतान्त्रिक व्यवस्था उल्ट्याउन तीर लागेको आरोप लगाएका छन । उनले अहिले सरकारमा रहेका दूई ठुला दलले राम्रो काम गर्न नसकेमो खण्डमा अर्को व्यवस्थामा जानुको विकल्प नरहेको प्रतिकृया दिएका छन । प्रतिनिधि सभा सदस्य समेत रहेका महामन्त्री जबराले पब्लिक सवालसंग कुरा गर्दै भने देशमा अहिलेले ठूला दल मिलेर सरकार बनाई रहेका छन । तर यिनीहरुले राम्रो काम गर्न नसकेको खण्डमा नगरिकले व्यवस्था फेर्न सक्ने छन । उनले ‘कग्रेस र एमाले मिलेर पनि गणतान्त्रिक व्यवस्थालाई सफल पार्न सकेनन् भने यो व्यवस्थालाई जनताले हटाउनै पर्ने र अर्को व्यवस्था ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन । उनले थपे कांग्रेस–एमाले गठबन्धन सरकारले राजनीतिक स्थायित्व र सुशासन दिन्छ भन्नेमा मलाई विश्वास छैन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एउटा भन्ने र अर्को गर्ने गरिरहेको छ ।