© २०२३
१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दल नेपाली कांग्रेस र एमाले मिलेर प्राप्त उपलब्धी र अधिकार खोस्न आरोप लगाएका छन । पुष्पलाल अध्ययन केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्ले यसो बताएका हुन । उनले भने दुई ठूला दल मिल्नु सामान्यतः स्वभाविक नभए पनि दुई दलीय व्यवस्था र संविधान संसोधनको उद्धेश्य लिएर कांग्रेस र एमाले मिलेका छन । जनताको लामो आन्दोलन र ठूलो बलिदानीपछि प्राप्त अधिकार खोस्ने प्रयत्नलाई सफल हुन दिनु हुदैन । हामी कुनैपनि हालतमा त्यसो हुन दिँदैनौं । फेरि जरूरी पर्यो भने सडकमा पलेटी कसेर र जनताको साथमा बसेर भएपनि दुष्प्रयासलाई सफल हुन दिन्नौं उनले भने यद्यपि म पनि संविधान संसोधन गर्नुपर्ने पक्षमा छु ।