© २०२३
१२ साउन काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज वीर अस्पतालको १३५औं वार्षित्कोसत्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रको सुधारको लागि सुझाव तथा मार्गनिर्देशन दिन वरिष्ठ चिकित्सकहरुसँग अपिल गरेका छन् ।
मन्त्री पाैडेलले वीर अस्पतालको १३५औं वार्षित्कोसत्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने: तपाईंहरू सबैलाई म आग्रह गर्न चाहन्छु स्वास्थ्य क्षेत्र सुधारका निम्ति हामीलाई सिकाईदिनुहोस । कस्ता कस्ता नीति तथा नियमहरु बनाउँदा यो क्षेत्र प्रभावकारी बन्नसक्छ ? हामीलाई गाइडलाइन दिनुहोस । मार्गनिर्देशन गरिदिनुहोस ।’ मन्त्री पौडेलले वीर अस्पताल र न्याम्सको बीच कुनै विवादको विषय नभएको भन्दै उक्त दुईवटै हस्पिटल रहिरने बताए । मन्त्री पाैडेलले नेपालकाे ऐतिहासिक संस्था समाप्त नहुने बताउदै धेरै स्वास्थ्य संस्था भएर सरकारले त्यसमा लगानी गर्न सक्यो भने अझैपनि नागरिकलाई अस्पतालको आवश्यक रहेको हुदा तिनीहरूको क्षमता अभिवृद्धि गर्न सके देश र जनताका लागि राम्रो हुने समेत बताएका छन ।