© २०२३
१२ साउन काठमाडौ । पूर्व उपप्रधानमन्त्री एवम नेपाली कांग्रेसकी नेतृ सुजाता काेइरालाले काँग्रेस वर्तमान परिस्थितिमा सिद्धान्तविहीन जस्तै भएको बताएकी छन । आज शनिबार काठमाडौँमा आयोजित ४२औँ बीपी स्मृति सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेतृ कोइरालाले पुर्खाहरूले संघर्ष गरेर जन्माएको पार्टीलाई काँग्रेस भित्रका एक तहका मानिसहरूले बदनाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने बताएकी हुन । उनले भनिन हामी सबै एक भएर पार्टीलाई बचाउनुपर्छ । कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरूले जन्माएर गर्भिलो इतिहास बनाएको पार्टी हो । यस पार्टीलाई एक तहका मान्छेहरूले बदनाम गर्न खोजिरहेका छन् । कांग्रेस अहिले बदनाम भइरहेको छ । अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो । पार्टीभित्र जसले बीपीको विरासत बोकेको छ, जसले बीपीको सिद्धान्तलाई आत्मसात् गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ । उनले भनिन मलाई अरू पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ । सिद्धान्तबिना राजनीतिक पार्टी बाँच्न नसक्ने उनको तर्क छ। केही दिनअघि मात्र विशालनगरस्थित डा: शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रूपमा डा: शेखरलाई अघि बढाउनुपर्ने बताएकी नेतृ काेइरालाले डा: शेखर ले बीपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेकाले सबैले शेखर कोइरालाई समर्थन गर्नुपर्ने बताएकि छन । कोइरालाले भननिन‘शेखर कोइरालाले बीपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नुभएको छ । बीपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो बचाउने प्रयास गर्नुभएको छ त्यसैले डा : शेखरलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ ।