© २०२३
११ साउन काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको सपथ समारोहमा बधाई र शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सार्वजनिक मौद्रिक नीतिलनई बजारमा समर्थन र स्वागत मिल्नुले अब तीब गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्न सकिने बताएका छन । उनलेे आफ्नो कार्यकालमा देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सक्ने समेत बताएका छन ।