© २०२३
११ साउन काठमाडौ । सात्रिवि शिक्षण अस्पतालले आफन्तहरुको असन्तुष्टिकै बिच सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव जिम्मा लगाउन थालेको छ । अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेका छन् । अन्य केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न आनाकानी गरेका छन ।