© २०२३
१० साउन, काठमाडौ ।असार १५ गते राति नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका बेचन झा थुनामुक्त नहुने भएका छन। सर्बोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले झाको बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेकाे छ । झाका छोराल सर्वोच्चमा अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटकाे असार ३१ गते इजलासमा पेशी ताेकिएकाे थियो । असार ३१काे पेशीमा आफू अनुकुलका न्यायाधीश नभएको भन्दै बेचन झाका कानून व्यवसायीले पेशी स्थगीत गरेका थिए । देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा झाले बिचौलियाकाे भूमिका निर्वाह गरेको आरोप लागेझछ । झाले २ करोड रुपैयाँ बुझेर बिचौलिया बनेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।
लामो समय पक्राउ पार्ने डरले फरार रहेका झा अब छुट्न मुस्किल हुनसक्ने देखिन्छ कानुन त झा थुनामा रहिरहन सक्छ । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, पूर्वसांसद आङटावा शेर्पा, संगै केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ वटा कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो ।