© २०२३
१० साउन, काठमाडौ । बुधबार बिहान ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक घटना सौर्य एयरलाइन्स दुर्घटनाको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । मिडिया र सामाजिक सञ्जालमा विमान दुर्घटनाबारे विभिन्न विषयहरु आइरहेका छन् । यता नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका बारे केही भन्न सकिरहेको छैन ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न नसकिने बताएका छन । पब्लिक सवालसंग कुरा गर्दै सूचना अधिकारी भूलले अहिले हल्ला भए जस्तो विमान पुरानो वा समयमै मर्मत नभएको भन्नेकुरामा कुनै सत्यता नरहेको बताएका छन । उनले भने- “विमानको धेरै प्रकारको चेक हुन्छ, निश्चित घण्टा, निश्चित साइकल, ल्याण्डिङपछि गरिने चेक हुन्छ । “विमानको छुट्टै आयु हुँदैन, विभिन्न पार्टको आयु हुन्छ, कुन पार्टस कति सयम अवधिपछि परिवर्तन गर्ने भन्ने हुन्छ ।” त्यसैले अहिले जुन विमान पुरानो वा समयमै मर्मत नभएको भन्ने हल्ला भइरहेको छ । त्यसमा कुनै सत्यता छैन । दुर्घटनाग्रस्त विमान ‘एयर ओर्दिनेस’ २०२५ सम्म ‘भ्यालिड’ भएको विमान हो । अहिले पनि एक सय १९ घण्टा ‘फ्लाईङ आवर’ बाँकी छदैँ समयमै मर्मतका लागि पोखरा पठाउन लागिएको उक्त एयर इञ्जिनियरले २० देखि २५ दिनको सम्पूर्ण पार्टसको मर्मत ९सी–चेक० गर्नका लागि विमान लगिँदै थियो । दुर्घटनाको प्राविधि होकी मानवीय कारण भनेर अध्ययन नगरी भिन्न नसकिने सुचना अधिकारी भुलले पब्लिक सवालसंग बताएका छन ।