© २०२३
९ साउन, काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको आज संसदीय सुनुवाइ सकिएको छ । प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरुसँग प्रश्नोत्तर गर्ने क्रममा सांसदहरुले यौन शोषणको आरोप लागेकाले प्रधानमा उच्च नैतिक चरित्र नदेखिएको भन्दै केरकार गरेका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने, जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारी, नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की, एमालेकी सांसद ईश्वरी घर्ती, नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा, नेपाली कांग्रेसका सांसद जीवन परियार, रास्वपाका सांसद डोलप्रसाद अर्याल, कांग्रेसका सांसद आनन्द प्रसाद ढुंगाना, लगायतले प्रधानकाे नैतिक चरित्रमाथि ‘गम्भीर प्रश्न उठाए संगै सांसदहरुले प्रश्न सोध्ने र प्रधानले उत्तर दिने क्रम सकिएको छ । आगामी बैठकले प्रधानको नाम अनुमोदन गर्ने कि नगर्ने विषयमा छलफल संगै निर्णय गर्ने जनाइएको छ ।