© २०२३
९ साउन, काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएसंगै त्रिवि शिक्षण अस्पतालले पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिसकेकाे बुझिएको छ । मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु हुने अस्पताल स्रोतले पब्लिक सवाललाई जानकारी दिएकाे छ । पोस्टमार्टममा टोली ‘फिंगर प्रिन्ट टोली, डीएनए टोलीलाई सबैलाई खबर गरिसकेको अस्पताल स्रोतले वनाएको छ । सबै टोली र एयरलाइन्सको प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गर्ने भएको छ ।