© २०२३
साउन,७ काठमाडौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए। एमाले र नेपाली कांग्रेसका बीचमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यले आज नै दाबी पेश गरेका थिए ।