© २०२३
७ साउन, काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपालले विश्वका १७० वटा मुलुकसँग वैदेशिक व्यापार गरेको तथ्याङ्कअनुसार नेपालले विश्वभरका १७० मुलुकसँग वैदेशिक व्यापार गरेको पनि नेपालले वैदेशिक व्यापारको सम्बन्ध स्थापित गरेको सबैजसो मुलुकसँग व्यापार घाटा छ व्यहोर्नुपरेको देखिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा देशको कूल १५ खर्ब ९२ अर्ब रुपैयाँको आयात १७० वटा मुलुकसँगको सम्बन्ध भएका मुलुकमध्ये केही मुलुकमा नेपालबाट १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको तथ्याङ्क छ । १७० मध्ये ३९ वटा मुलुकमा नेपालतर्फको निर्यात शून्य देखिन्छ । थप १० वटा मुलुकसँगको वैदेशिक व्यापारमा १ लाख रुपैयाँभन्दा न्यून निर्यात भएको छ । नेपालको व्यापार सम्बन्ध स्थापित सबैजसो मुलुकबाट नेपालमा वस्तु आयात भएको तथ्याङ्क छ । तर तीमध्ये ३५ वटा देशससँगको व्यापारमा मात्रै नेपाल नाफामा छ । बाँकी सबै देशसँगको व्यापारमा नेपाल घाटामा छ । नेपालले सबैभन्दा बढी व्यापार घाटा बेहोर्ने मुलुकको सूचीमा दक्षिण र उत्तरी छिमेकी देश छन् । भारतसँग २०८०/८१ मा ८ खर्ब ९३ अर्ब रुपैयाँको व्यापार घाटा नेपालले बेहोरेको छ । यसबाहेक चीनसँग २ खर्ब ९६ अर्ब रुपैयाँ व्यापार घाटा छ ।
व्यापार नाफा भएका मुलुकमध्ये अफगानिस्तानसँग ४६ करोड ६० लाख रुपैयाँ छ । आन्टिगुवा एन्ड बारबुडासँग ७ लाख ६७ हजार नाफा छ । भने आर्बुवासँग २५ लाख, बाहामाससँग १५ लाख १६ हजार, बर्मुडासँग १० लाख रुपैयाँ नाफा छ । यी बाहेक सबैजसो देशसँग नेपालको व्यापार नाफा लाख वा मुस्किलले करोडमा छ । अधिकांश देशसँग व्यापार घाटा र नाफा भएका मुलुकसँग पनि न्यून मात्रामा हुँदा कूल व्यापार घाटा १४ खर्ब ४० अर्ब पुगेको हो । नेपालबाट भएको कूल निर्यात नै १ खर्ब ५७ अर्ब रुपैयाँ छ । विदेशबाट नेपाल आउने वस्तुका लागि वार्षिक १५ खर्ब ९२ अर्ब रुपैयाँ बाहिरिने गरेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।