© २०२३
७ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले मन्त्रिपरिषद् समावेशी बनाउन नसकेको भन्दै नेतृत्वको र सरकारकाे आलोचना गरेकी छन् । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै यादवले भनिन् २०१५ सालको सरकार समावेशी रहेको थियोे । २०१५ सालमा वीपी कोइरालाले समावेशी सरकार बनाउनुभएको थियो । तर अहिलेको यो सरकार समावेशी छैन । नेतृत्व समावेशी बनाउन चुक्नुभएको छ । नेतृत्वले वीपीबाट कुनै राम्रो पक्ष सिक्न नसकेको उनकाे आशय छ।