© २०२३
काठमाडौं, ६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस–एमाले गठबन्धन सरकारले ब्रमअस्त्र तयार गरेको बताएका छन । (शनिबार) नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रमलाई समवोधन गर्दै पाण्डेले देशमा देखिएको विकृति, विसंगति, अविश्वास र निराशाको अन्त्य संगै देशका सम्पूर्ण समस्या समाधान गर्नका लागि कांग्रेस–एमाले गठबन्धन सरकारले ब्रमअस्त्र तयार गरेको बताएका छन । मन्त्री पाण्डेले भने,कांग्रेस र एमालेको सहकार्य यो रहर होईन, बाध्यता हो । विकृति र विसंगतिलाई अन्त्य गर्नेगरी, देशमा अविश्वास, निराशा सिर्जना भएको छ त्यसको अन्त्य गर्नेगरी, देशको अर्थतन्त्र कमजोर भएको छ, त्यसलाई सुदृढ पार्नुका साथै देशमा सुशासनको प्रत्याभूति गराउनुपर्ने छ । त्यसका लागि हामीले कांग्रेस–एमाले मिलेर ब्रमाअस्त्र तयार गरेका छौं ।