© २०२३
६ साउन काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड र ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्ने बताएका छन । कुलमानले प्रधानमन्त्री ओलीको निर्देशन अवज्ञा गरेको चर्चा सुरु भएको छ । तर, कुलमानले भने ठूलो मात्रामा बाँकी बक्यैता उठाउन बाँकी भएकोले त्यसको लागि मन्त्रालयबाट नै लिखित निर्देशन जारी हुनुपर्ने अडान लिएका छन् । कुलमान र प्रधानमन्त्री ओलीबीच विवाद बढिरहेका वेला मन्त्री खड्काले भने बाँकी बक्यौतापनि उठाउने र विद्यतु अवरोधपनि हटाउनेगरि पहल लिएको बुझिएको छ । मन्त्री खड्काले उद्योगको लाईनपनि अवरुद्ध नगर्ने र उद्योगबाट बाँकी बक्यैतापनि उठाउने विषयमा केन्द्रित रहेर सरोकारवाला निकायका प्रमुखहरुसँग छलफल गरिएका छन । तर,उता प्राधिकरणले भने निजी उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’वापतको शुल्क नतिरेको भन्दै उद्योगमा बिजुली काट्ने कामलाई आजपनि निरन्तरता दिएको छ । मन्त्री खड्काले भने विद्युत् भुक्तानी विवादलाई व्यावहारिक ढंगले टुंगोमा पु¥याउन समाधानको उपायसहित अगाडि बढ्नुपर्छ। यसका लागि दुवै पक्षले गम्भीरतापूर्वक छलफल गरी भोलीसम्ममा निष्कर्षमा पुग्नुस् यसमा मन्त्रालयको तहबाट गर्नुपर्ने सहयोगका लागि हामी तयार छौँ।’