© २०२३
५ साउन काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले बाबुराम भट्टराईको पुस्तक विमोचन कार्यक्रममा बोल्दै राजनीतिमा धेरैपछि आएको माओवादीलाई घुस खान आफूहरूले सिकाएको बताएका छन । भुसालले सम्भवतः १०–१५ वर्ष राम्रो र बलियो सरकारले शासन गरेमा रोजगारी र गरिबी लगायतका समस्या समाधान हुन सक्छ । राम्रो सरकार भन्नाले घुस खाने नेताहरू नभएको पार्टीको शासनलाई बुझ्नुपर्ने व्याख्या गर्दै राजाले परम्पराका आधारमा घुस खान सिकेको र त्यसैबाट कांग्रेसले संस्थागत रुपमा राजासँग घुस खान सिकेको भुसालले बगाए । उनलेे नेकपा एमालेले कांग्रेससँगको संगतबाट घुस खान सिकेको उनको भन्दै उनलेे थपे ‘हामी एमाले बनेर कांग्रेससँग घुस खान सिक्यौँ दुइटै मिलेर माओवादीलाई घुस खान सिकायौँ भन्ने लाग्छ । माओवादीलाई कांग्रेस र एमालेले आफू अनुकूल नै बनाएको र मुलुकले दुःख पाउनुको कारण नै सिक्न नहुने विषय सिकेर घुस खानु भएको भुसालको तर्क छ । महासचिव भुसाल भन्छन् ‘हामीले स्ट्रेचर नै यस्तो बनाएका छौँ, कि यसले राज्य दोहनबाहेक अन्य काम नै गर्दैन यही कारण हामी सबै मिलेर एउटा शक्तिशाली पार्टी बनाउन जरुरी छ ।’