© २०२३
५ साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिने भएका छन । तर राप्रपाले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताएका छन । कांग्रेस र एमालेको सहकार्य सत्ता स्वार्थको लागि मात्रै भएको आशंका भएकोले तत्काल सरकारलाई विश्वास गर्ने वातावरण नभएको लिङ्देनकाे निष्कर्ष छ । तर ओलीले भने राप्रपाको पनि विश्वासको मत लिएर दुई सय भन्दा बढि सांसदहरुको समर्थन जुटाउन चाहेका छन । राप्रपाले विश्वासको मत नदिने निर्णय गरेसँगै ओलीलाई दुई तिहाई सांसदहरुको पनि समर्थन जुटाउन सकस हुने देखिन्छ । उपेन्द्र यादव पनि विश्वासको मत दिने अबस्थामा पुगेका छैन उनी अझै पर्ख र हेरको अवस्थामा छन् ।