© २०२३
४ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्य (महत्त्वपूर्ण) सुझाव दिएको छ । शुक्रवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले सो सुझाव दिएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई बुझाइएको पब्लिक सवाललाई जानकारी दिएका छन् । गत असार २१ बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव दिनुका साथै उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको हुदा प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता दिन, रोजगारी सृजना गर्न अर्थतन्त्र चलायमान बनाउन उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता र जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयबारे सुझाव दिएको उपमहासचिव ज्ञवालीले पब्लिक सवाललाई जानकारी दिएका छन ।