© २०२३
काठमाडौं, ३० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षको अन्तिममा आफ्ना निकटस्थहरुको व्यवस्थापन गरेका छन् । लामो समय पदविहिन भएकाहरुको मन्त्रिपरिषद्बाट निर्णय गराएर व्यवस्थापन गरेका हुन् ।
ओलीले लामो समय भूमिकाविहिन रहेका दुई पूर्वराजदूतलाई ‘व्यवस्थापन’ गरेका छन् । ओलीको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलका लागि पूर्वराजदूत डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको छ । यस अगाडि एमाले कै डावि. मला पौडेल, राई उक्त कोटाबाट राष्ट्रिय सभामा मनोनित भएकी थिइन् । डा. विमलाको ठाउँमा डा. अन्जानलाई पठाउने निर्णय भएको छ ।
ओली कै प्रस्तावमा अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा। अर्जुनकुमार कार्कीलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस समितिमा पठाइएको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सर्वोच्चका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेलसहित डा। कार्की र स्टेला तामाङलाई दुई आयोगका पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । उक्त सिफारस समितिमा राष्ट्रिय मानवअधिकार आयोगबाट समेत प्रतिनिधित्व हुने छ ।