© २०२३
३ साउन, काठमाडौं । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै बंगलादेशमा सुरु भएको आन्दोलन अझै रोकिएको छैन । आन्दोलनकारीले आज बंगलादेश बन्द आह्वान गरेका छन् । प्रदर्शनकारीले अस्पताल,एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई मात्र सन्चालन हुन दिएका छन् ।
विरोध प्रदर्शनको क्रममा ६ जनाको मृत्यु भइसकेको छ । चार सय भन्दा धेरै घाइते भएका छन् । बुधबार बेलुकी पनि राधानी ढाकामा प्रदर्शन भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी हरूले जनाएका छन । त्यहाँको स्थिति नाजुक बन्दै गएपछि राजधानी ढाकासहित विभिन्न शहरहरुमा अनिश्चितकालका लागि शिक्षण संस्था बन्द गरिएको छ ।