© २०२३
२ साउन, काठमाडौ । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट साउन ६ गते आइतबार विश्वासको मत लिनेगरी तयारी थालेका छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए । साउन ६ गते आइतबार विश्वासको मत लिने गरी तयारी भइरहेको ओली निकट स्रोतले पब्लिक सवाललाई जानकारी दिएको छ । प्रधानमन्त्रीका तर्फबाट संसद्का महासचिवलाई औपचारिक पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराइसके छन ।