© २०२३
२ साउन, काठमाडौ । वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमेश बडाल पुनः महान्यायाधिवक्तामा नियुक्त हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व महान्यायाधिवक्ता बडालाई प्रधानमन्त्रीको कानुनी सल्लाहकार महान्यायाधिवक्ता बनाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको गरेको बुझिएको छ । बडालसहित एमाले निकट केही वरिष्ठ अधिवक्ताहरुले सो पदमा इच्छा राखेका छन तर पनि एमालेका पुराना नेता केशव बडालले रमेशकै नाममा जोड गरेपछि प्रधानमन्त्री ओली पनि सहमत भएका छन ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
पुनः महान्यायाधिवक्ता बन्न लागेका बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भइसकेका व्यक्ति हुन । तर त्यतिबेला सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि भएका थिए ।
तत्कालीन समयमा प्रधानमन्त्री परिवर्तन भएपछि बडालले राजीनामा दिएर महान्यायाधिवक्ताकाे कार्यलयबाट बाहिरिएका थिए । २०७८ असार २९ गते राजीनामा दिएका उनले पहिलो कार्यकालमा चार महिना मात्रै काम गर्न गरेका थिए। बडाल पछिल्लो समय नेपाली कांग्रेससँगको सत्ता गठबन्धन निर्माण गर्नका लागि महत्त्वपूर्ण भुमिका खेलेका व्यक्ति हुन् । गत असार १७ गते भएको ७ बुँदे सहमति कार्यक्रममा बडाले पनि महत्त्वपूर्ण भुमिका खेलेको चर्चा भइरहेको छ ।
बडाल पुनः महान्यायाधिवक्तामा नियुक्त हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व महान्यायाधिवक्ता बडालाई प्रधानमन्त्रीको कानुनी सल्लाहकार महान्यायाधिवक्ता बनाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको गरेको बुझिएको छ । बडालसहित एमाले निकट केही वरिष्ठ अधिवक्ताहरुले सो पदमा इच्छा राखेका छन तर पनि एमालेका पुराना नेता केशव बडालले रमेशकै नाममा जोड गरेपछि प्रधानमन्त्री ओली पनि सहमत भएका छन ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । पुनः महान्यायाधिवक्ता बन्न लागेका बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भइसकेका व्यक्ति हुन । तर त्यतिबेला सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि भएका थिए ।