गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली

लोक सेवा आयोगले गर्याे कर्मचारी पदपूर्ति गर्न सूचना जारी

२ श्रावण २०८१, बुधबार

३१ असार, काठमाडौ । लोक सेवा आयोगले कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बुधबार सूचना निकालेर कार्य तालिका सार्वजनिक गरेको गरेको छ ।
जसमा निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका समेटिएको छ । जारी सूचनामा राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदको आवश्यकताअनुसार बढुवा गरिने करा पनि उल्लेख छ ।
त्यस्तै विशिष्ट प्रथम श्रेणी (प्राविधिक र अप्राविधिक तथा अधिकृत प्रथम) सहसचिवको बढुवा आगामी भदौ असोज महिनामा प्रतिशत र सङ्ख्या निर्धारण गरेर त्यसको विज्ञापन सूचना असोज महिनाको अन्तिम बुधवार सम्म प्रकाशित गर्ने पनि उल्लेख गरेको छ । जसको परीक्षा पुस माघमा र लिखित परीक्षा फागुन चैत र अन्तरवार्ता चैत वैशाखमा गर्ने आयोगलेकाे सुचनापत्रमा उल्लेख गरिएको  छ ।
राजपत्राङ्कित द्धितिय श्रेणीको कति सङ्ख्यामा खुलाउने भन्ने असोजभित्र निर्धारण गरेर असोज अन्तिममा सूचना प्रकाशित गर्ने र पुस माघमा परीक्षा लिएर वैशाखमा अन्तरवार्ताको कार्य तालिका आयोगले सार्वजनिक गर्ने भएको छ ।

त्यस्तै स्वास्थ्य सेवामा पनि ११ औ र नवौँ तह विज्ञापन सूचना प्रकाशन, परीक्षा सञ्चालन र अन्तरवार्ता भदौदेखि वैशाखसम्मको समय तालिका निर्धारण गरिएको छ । निजामतीतर्फ पनि विशिष्ट श्रेणीदेखि चौथो तहसम्मको नियुक्तिका लागि विज्ञापन गर्ने आयोगले जनाएको छ ।

नेपाल प्रहरीको प्रहरी जवान (प्राविधिक) देखि प्रहरी निरीक्षक र सशस्त्र प्रहरीको खुलातर्फ जवानदेखि प्रहरी उपरीक्षक (एसपी) प्राविधिक सम्मको कार्य तालिका भदौबाट सुरु गरेर र तहअनुसार आगामी जेठभित्र आयोगले अन्तरवार्ताको समय निर्धारण गरिसकेको छ ।

राष्ट्रिय अनुसन्धानको सहायक सूचकदेखि अनुसन्धान सहायक र अधिकृत पनि खुलाउने भएको छ भने  सङ्गठित संस्थातर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड,नेपाल आयल निगम, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, व्यापार निकासी प्रवर्द्धन केन्द्र,सांस्कृतिक संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, विद्युत् प्राधिकरण, सामाजिक सुरक्षा कोष गुठी संस्थान लगायतको पनि कहिले र कति सङ्ख्यामा सूचना प्रकाशन, परीक्षा र लिखित परीक्षा गर्ने भन्ने कुरा समेत आयोगको सूचनामा उल्लेख छ ।