© २०२३
१ साउन, काठमाडौ । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । समितिको वर्तमान कार्यकाल सुरु भएयता ६६ वटा विभिन्न विषयमा लेखा समितिमा उजुरी परेका थिए । तिनीहरू मध्ये कतिपय विषय जस्तैः टेरामक्स प्रविधि, लुम्बिनी विकास कोष, एनसेल शेयर खरिद बिक्री र बिमा कम्पनीको प्रिमियम शेयर जारीलगायतका विषयमा छलफल भइसकेको भएपनि उजुरीका सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायमा जवाफ माग गरिएकाेमा केहीको जवाफ प्राप्त भएपनि कतिपयको जवाफ प्राप्त नभएपछि समिति सभापति पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको र उक्त उपसमितिका सदस्यहरूमा राजेन्द्रकुमार केसी, योगेशकुमार भट्टराई, अमनलाल मोदी र मनिष झा रहेका छन ।
उक्त उपसमितिले निर्णयसहितको प्रस्ताव पेस गर्ने र प्राप्त उजुरीकाे अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्ने जनाइएको छ । आर्थिक अनुशासन र अराजकताको अवस्था अन्त्य गर्न समितिले राज्यलाई सहयोग पुर्याउनुपर्नेमा जोड दिँदै सरकारलाई जनताप्रति उत्तरदायी र जबाफदेही बनाउन दिइएका सुझाव र निर्देशन पालन नगरिनुले संसदप्रति अपमान भएकाे समितिकाे बुझाई रहेको छ ।