© २०२३
काठमाडौं, ३० चैत्र । यो वर्षको अन्तिम दिन आज बैंकहरु साँवा र ब्याज उठाउन लागिपरेका छन् । तर, अर्थतन्त्र चलायमान नहुँदाको सिधा असर बैंकहरुमा परेको छ । बैंकहरुमा निक्षेप बढी जम्मा भई ऋण प्रवाह भइरहेको छ । जसका कारण समस्याहरु आएको छ ।
बैंकहरुमा रकम बढी जम्मा भई समस्या आएसँगै ब्याजदर घटेको छ । १३ वटा बैंकहरुले वैशाखदेखि लागू हुनेगरी ब्याजदर घटाएका छन् ।
निक्षेपको ब्याजदर घटाएसँगै ऋण लिनेको पनि ब्याज घटेको छ । विभिन्न १३ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, माछापुच्छे, लक्ष्मी सनराइज, प्रभु, ग्लोबल आइएमई, सिद्धार्थ, कुमारी, प्राइम, सानिमा, एसबीआई, सिटिजन्स, एनआईसी एशियाले ०.१९ प्रतिशतले ब्याजदर घटाएका छन् ।
एभरेष्ट र एनएमबी बैंकले चैत्रको तुलनामा वैशाखमा ब्याजदर बढाएका छन् ।
ब्याजदर घटेसँगै व्यक्तिगत मुद्दती देशभरको बैंकहरुमा ८ प्रतिशतभन्दा कममा झरेको छ ।
सबैभन्दा थोरै कृषि विकास बैंकको ब्याजदर ५.६६ प्रतिशत रहेको छ । सबैभन्दा बढी एनएमबीको ७.९७ प्रतिशत रहेको छ ।