© २०२३
१ साउन, काठमाडौ । मंगलबार सेयर बजार २३१० अंकमा पुगेको छ । याे २६ महिना यताकै उच्च हाे । सेयर बजार २३०० अंक पुगेपछि अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०।१८ अंक बढेको हो । आज कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भयो भने अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घटेको छ ।
आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेनट बैंक, अंकुखोला जलविद्युत कम्पनी र मंदाकिनी हाइड्रोपावर लिमिटेडका लागनीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । जहाँ यी कम्पनीहरूको सेयरमूल्यमा पोजेटिभ सर्किटसमेत लागेको छ ।
कारोबारका आधारमा ङादी पावर ग्रुप लिमिटेड २१ करोड ७७ लाख ४९ हाजर रूपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।