© २०२३
३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेसंगै उक्त बैठकले सरकारको प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ । आजैबाट लागुहुने गरि मन्त्रिपरिषद् बैठकका निर्णयहरु २४ घण्टापछि मात्र सार्वजनिक गर्ने पहिलो निर्णय गरेको छ । सरकारको प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोके संगै गुरुङले पहिलो मन्त्रिपरिषद्का निर्णयहरुबारे सञ्चारकर्मीहरुलाई जानकारी दिएका दिए । अबका दिनमा भने २४ घण्टापछि मात्र मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने बताएका छन । सरकारले गरेका निर्णय परिपक्क हुन समय चाहिने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।