© २०२३
३० असार, काठमाडौ । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहले मन्त्रीको एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा पठाउन आफ्नो समुहबाट मन्त्री बन्नेहरूकाे नाम अन्तिम टुंगो लगाएको छ । शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले युवा नेता काठमाडौबाट निर्वाचित सांसद प्रदीप पौडेल बाजुराबाट निर्वाचित सांसद काँग्रेस सहमहामन्त्री बद्री पाण्डे र धादिङबाट निर्वाचित सांसद रामनाथ अधिकारीको नाम टुंग्याएको छ । पौडेलले स्वास्थ्य तथा जनसंख्या, पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषि मन्त्री बन्ने छन् ।