© २०२३
३१ असार, काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् । उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् भने पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने तयारी रहेको बुझिएको छ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल पनि भौतिकमन्त्री बन्ने भएका छन । त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् । एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् । उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिँदै छन् ।