© २०२३
३० असार, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकाे कुन मन्त्रालयमा कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा एमाले अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री ओली सहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल अहिले राति ओली निवासम बैठक बसिरहेको छन। आज राति नै मन्त्रीका नाम टुँगो लगाउने तयारीका साथ बसेको बैठक कतिखेर सकिन्छ टुंगो छैन ।
भोलि नवनियुक्त प्रधानमन्त्री ओलीको पद तथा गोपनियताको शपथ हुँदैछ। कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डाको टुँगो लागिसकेकोले अब कसलाई मन्त्री बनाउने भन्ने विषयमा एमाले र काँग्रेस दुबै दलका शीर्ष नेताहरु आपसी छलफलमा जुटेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संग भेट भएपछि निवास फर्किएका ओली मन्त्रीहरुको नाम फाईनल गर्न छलफलमा जुटेपनि उनले टुंगो लगाउन भने सकेका छैनन् ।
एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचनाप्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ सहमति भएको छ ।
अर्थ मन्त्रालयमा विष्णु पौडेल जाने पक्का भएपनि अरु मन्त्रालयमा भने नाम टुँगो लागेको छैन् । एमालेबाट मन्त्री बन्नेहरुमा योगेश भट्टराई, पृथ्बीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, विद्या भट्टराई, कृष्णगोपाल श्रेष्ठ, पदम गिरी, जुली महतोलगात एमालेका धेरै सांसदहरका नाम चर्चामा र धेरै जना मन्त्री बन्न चाहन्छन् ।