© २०२३
३० असार, काठमाडौं । एमाले र कांग्रेसबीच मन्त्रालय भागबण्डा भइकाे छ । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री सहित अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एमालेको भगमा परेका छन भने त्यस्तै गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय काँग्रेसकाे भागमा परेका छन । उक्त मन्त्रालयको कुन पार्टीबाट कसले नेतृत्व गर्ने भने टुंगो लागिसकेको छैन । धेरै जना मन्त्री बन्न चाहिरहेकाले दलहरूलाई कसलाई मन्त्री बनाउने भन्ने कुरामा सकस भइरहेकाे बुझिएको छ ।