© २०२३
काठमाडौं, ३० असार । अमेरिकाको पेंसिल्वेनियामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हत्याको प्रयास भएको छ। अमेरिकी गुप्तचर निकाय एफबीआइले पनि उनको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको जनाएको छ । आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार रहेका डोनाल्ड ट्रम्पमाथि चुनावी र्यालीको क्रममा बन्दुकधारीले नजिकै रहेको घरको छतबाट गोली प्रहार गरेका थिए। सो गोलीले ट्रम्पको दाहिने कानमा लागेको थियो। ट्रम्प यस अर्थमा भाग्यशाली थिए कि त्यो गोली केहि इन्च यताउता लागेको भए उनको मृत्यु हुन सक्थ्यो। ट्रम्पमाथि आधा दर्जन गोली प्रहार गरिएको थियो। जसमध्ये उनको सभामा सहभागी एकजना व्यक्तिको मृत्यु भएको छ भने दुई जना गम्भीर रुपमा घाइते भएका छन्।
ट्रम्पमाथि गोली प्रहार हुनेबित्तिकै अमेरिकी सुरक्षाकर्मिहरुले आक्रमणकारीलाई गोली प्रहार गरी हत्या गरेका थिए। अहिलेसम्म सो आक्रमणकारीको पहिचान अमेरिकी प्रहरीले खुलाएको छैन। अमेरिकी प्रहरीका अनुसार आक्रमणकारी पुरुष रहेको भनेको छ।
घटना लगत्तै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्– ‘मलाई तत्काल महसुस भयो कि केही गडबड भइरहेको छ। मैले गोली चलेको आवाज सुनें र मलाई तत्काल महसुस भयो कि त्यसले मेरो छालालाई चिरिरहेको छ। धेरै रगत बगिरहेको थियो’
गोली लागे पछि ट्रम्पलाई सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए। त्यहि क्रममा कान बाट रगत बगिरहेको र दृढतापूर्वक आफ्नो मुट्ठी कसेर जनतालाई अभिवादन गर्दै ट्रम्प स्टेजबाट बाहिरिएका थिए। यो अविस्मरणिय क्षणलाई प्रेस फोटोग्राफरहरुले क्यामेरामा कैद गरेका थिए। यो तस्बिरलाई समकालीन अमेरिकी राजनीतिको सबैभन्दा महत्वपूर्ण तस्बिरको रुपमा हेरिँदैछ। आजको यो घटनापछि आगामी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित हुने सम्भावना प्रवल बनेको छ।
ट्रम्पको हत्या प्रयासको विश्व जगतले निन्दा गरेको छ । अमेरिकी राष्ट्रपति वाइडेनले पनि घटनाको निन्दा गर्दै ट्रम्पको ज्यान बचेकोमा सन्तोष व्यक्त गरेका छन् । अमेरिकी गुप्तचर निकाय एफबीआइले पनि उनको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको जनाएको छ । आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार रहेका डोनाल्ड ट्रम्पमाथि चुनावी र्यालीको क्रममा बन्दुकधारीले नजिकै रहेको घरको छतबाट गोली प्रहार गरेका थिए। सो गोलीले ट्रम्पको दाहिने कानमा लागेको थियो। ट्रम्प यस अर्थमा भाग्यशाली थिए कि त्यो गोली केहि इन्च यताउता लागेको भए उनको मृत्यु हुन सक्थ्यो। ट्रम्पमाथि आधा दर्जन गोली प्रहार गरिएको थियो। जसमध्ये उनको सभामा सहभागी एकजना व्यक्तिको मृत्यु भएको छ भने दुई जना गम्भीर रुपमा घाइते भएका छन्। ट्रम्पमाथि गोली प्रहार हुनेबित्तिकै अमेरिकी सुरक्षाकर्मिहरुले आक्रमणकारीलाई गोली प्रहार गरी हत्या गरेका थिए। अहिलेसम्म सो आक्रमणकारीको पहिचान अमेरिकी प्रहरीले खुलाएको छैन। अमेरिकी प्रहरीका अनुसार आक्रमणकारी पुरुष रहेको मात्र भनेको छ।