© २०२३
२८ असार, काठमाडौँ । काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमार्फत विश्वासको मत लिने क्रममा जारी छ । प्रधानमन्त्री प्रचण्डले संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताइरहेका छन । प्रचण्डले सरकारसँग डराएर नेपाली कांग्रेस र नेकपा एमाले मिलेको र अहिलेको संविधान बनाउनमा नेकपा(माओवादी केन्द्र)को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताएका छन। प्रचण्डले संसदमा भनेका छन । आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो। ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ।’