© २०२३
२८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेका छन । आज विहानमात्रै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दुई दलले दिने भएपनि उनी संग बहुमत भने पुगेको छैन अहिलेसम्म संसदीय अंक गणितलाई हेर्दा प्रचण्ड अल्पमतमा पर्ने देखिन्छन । यद्यपि प्रधानमन्त्री प्रचण्ड विश्वासको मत पाउन नसकलगत्तै प्रधानमन्त्रीमा काँग्रेस र एमालेको समर्थनमा केपी ओली बन्दै छन । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एस र रास्वपाकाे साथ रहेको छ ।