© २०२३
२७ असार, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताएका छन । दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक रहेको थापाले बताएका छन । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सात बुँदे समझदारी पालना गरिने समेत बताएका छन । कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने उनको भनाइ छ ।