© २०२३
२६ असार, काठमाडौं । आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । २८ असारका दिन प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् ।नेकपा माओवादी केन्द्रले आज दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बाेलाएकाे थियो । बैठकमा नयाँ सत्ता समीकरण लगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने भनिएको भएपनि । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।