© २०२३
एजेन्सी, २९ चैत्र । भारतले २०३० भित्र शतप्रतिशत विद्युतीय सवारी सञ्चालन गर्ने लक्ष्यलाई कार्यान्वयन गर्नेगरी काम बढाएको छ । उसले भारतभित्र र बाहिरका लगानीकर्ताका लागि वातावरण निर्माण गरेको छ ।
उसले नयाँ प्लान्ट राख्न विदेशी कम्पनीका लागि जमिन समेत उपलब्ध गराएको छ । त्यस्ता कम्पनीहरु धमाधम भारत छिरेका छन् ।
तेल आयात गरेर वर्षेनी खरबौं डलर भारतबाट बाहिरिइरहेपछि उसले विद्युतको अत्याधिक प्रयोगलाई लक्ष्य राखेको छ ।
भारतले रेल क्षेत्रमा लगभग विद्युतको पूर्ण प्रयोग गरिसकेको छ । अब उसको लक्ष्य सडकमा गुड्ने सवारी साधनलाई विद्युतीय बनाउने लक्ष्य छ ।
भारतमा विद्युतीय सवारीको प्लान्ट राख्नेबारे अमेरिकी कम्पनी टेस्लाले निर्णय लिइसकेको छ । अब उसले चाँडै प्लान्ट राख्दैछ ।
टेस्लाका मालिक इलोन मस्क भारत पुग्दैछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने ट्वीटमार्फत् सार्वजनिक गरेका छन् ।
टेस्लाले ३ अर्ब डलर भारतमा लगानी गर्दैछ । टेस्लाको कार न्यूनतम २५ लाख भारुमा विक्री गर्ने लक्ष्यबारे समेत खुलाइएको । प्रत्येक वर्ष ५ लाख विद्युती सवारी टेस्लाले उत्पादन गर्ने जनाइएको छ । यसबाट वर्षेनी दशौं हजार रोजगारी सृजना हुने बुझिएको छ ।