© २०२३
२५ असार, काठमाडौ । नेकपा माओवादी केन्द्रले आज दिउँसो २ बजेका संसदीय दलको बैठक गर्ने भएकाे छ । बैठकमा नयाँ सत्ता समीकरण लगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने छ । नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । उनले शुक्रबार विश्वासको मत लिन लागेका छन् । काँग्रेस एमाले राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गरिएका बेला अब माओवादी केन्द्र सरकारमा सामेल हुन्छ कि प्रतिपक्षमा नै रहन्छ । यसको भने एकिन हुनसकेको छैन ।