© २०२३
२५ असार, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस प्रमुख सचेतक रमेश लेखकलाई गृहमन्त्री बनाउने सम्भावना अत्यधिक रहेको बुझिएको छ । कांग्रेस–एमाले नयाँ गठबन्धनको सूत्रधारको रुपमा चिनिएका लेखक यसपटक गृहमन्त्री बन्ने पक्का भएको सभापति निकट स्रोतको दाबी छ । एमाले अध्यक्ष ओलीले पनि नेता लेखकलाई गृहमन्त्रीमा रुचाएका छन् ।
यसअघि नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत बनिसकेका नेता लेखक संविधान लेखन प्रक्रियामा सक्रिय भूमिका खेल्नुका साथै पछिल्लो समय शान्त्रि प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नको लागि पनि उत्तिकै सक्रिय छन् । काँग्रेसका प्रमुख सचेतककाे रूपमा पनि प्रतिपक्षमा हुँदा होस वा सत्ता पक्ष हुदा संसदमा राम्रो भुमिका खेलिरहेका लेखक कानुनका जानकार संगै संसदीय राजनीतिका परिपक्व नेता हुन । पछिल्लो समय दलहरुबीच समन्वय गर्ने नेताका रूपमा पनि राम्रो छवि बनाएका छन ।