© २०२३
काठमाडौं, २९ चैत्र । बैंकमा रकम थुप्रिएको छ तर बजारमा छैन । ६ खर्ब थुप्रिएपनि बजारमा लगानी गर्ने आँट कसैले गर्न सकेको छैन ।
बैंकहरुमा ६ खर्बभन्दा बढी रकम थुप्रिएको छ । ऋण प्रवाह नहुँदा बैंकहरु पनि समस्यामा परेका छन् ।
बजारमा लगानीका लागि रकम नपुग्दा अर्थतन्त्र चलायमान हुनसकेको छैन । यही अवस्था रहेमा ठूलो संकट आउनसक्छ ।
देशमा पैसा भएर मात्र हुँदैन पैसाको सही सदुपयोग हुनुपर्छ । नेपालमा पैसाको सदुपयोग हुन सकेको छैन ।
दुईवर्ष ऋणको ब्याज बढ्यो । नागरिकको क्रयशक्ति नै घट्यो । ऋणीहरु तर्सिएका छन् । जसका कारण कोहीपनि ऋण लिन आँट गरिरहेको छैन ।
ऋण लिने निकै कम हुँदा नयाँ लगानी हुनसकेको छैन । लगानी नयाँ नहुँदा उद्दोग व्यवसाय चलेको छैन । जसका कारण रोजगारी सृजना हुन सकेन । युवाहरु विदेशिएका छन् अहिले ।