© २०२३
२४ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकाे महामन्त्रीबाट निष्काशित भएका डा मुकुल ढकालले आफू रवि लामिछानेको क्लबबाट निष्काशित भएको बताएका छन् । ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न भने नरोकिने बताए । उनले भने म ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन’, उनलाई कारबाही निर्णयलगत्तै पब्लिक सवालसंग कुरा गर्दै बाँकी कुरा बुधबार सार्वजनिक गर्ने पनि बताएका छन । उनी रास्वपाकाे साधारण सदस्य भने कायमै रहने निर्णय भएको छ ।