© २०२३
२३ असार, काठमाडौ । । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने सम्भावना प्रवल रहेको बताएका छन् । प्रतिनिधि सभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संवैधानिक व्यवस्थाअन्तर्गत नै प्रचण्डले २८ गते विश्वासको मत लिने बताएका हुन । उनले भने मलाई विश्वास छ–२८ गतेसम्म परिस्थितिमा थोरै फेरबदल आउँछ । सम्माननीय प्रधानमन्त्रीजीकै निरन्तरतामा अगाडि बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिएको देखेको छु । यद्यपि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए पनि आफ्नो पार्टीको तर्फबाट संसद्मा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्ने संविधानको रक्षा, संविधानको सफल कार्यान्वयन र नेपाली जनताको समृद्धिको आकांक्षालाई पूरा गर्ने कुरामा माओवादी केन्द्र अगाडि पनि बढ्ने बताए ।